images
images

स्थानीय तहको निर्वाचनको माग गर्दै एमाले निकट युवा र बिद्यार्थीद्धारा मसाल जुलुश प्रदर्शन

  • १५ माघ २०७८, शनिबार १२:४९

दोलखा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ दोलखा र अनेरास्ववियूले स्थानीय तहको निर्वाचनको माग गर्दै दोलखामा मशाल जुलुश प्रदर्शन गरेको छ ।

युवा संघ र अनेरास्ववियूका कार्यकर्ताले सदरमुकाम चरिकोटमा आज साँझ मसाल जुलुश प्रदर्शन गरेका हुन् । उनीहरुले स्थानीय तहको निर्वाचन यथासक्य चाँडो गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा युवा तथा बिद्यार्थीले स्थानीय तहको निर्वाचन घोषणाको माग गर्दै नारावाजी गरेका थिए ।

मसाल जुलुश प्रदर्शनपछि सातदोवाटो चोकमा आयोजित कोण सभालाई सम्वोधन गर्दै युवा र बिद्यार्थी नेताहरुले बर्तमान सरकारले स्थानीय तहको निर्वाचन सारेर लोकतान्त्रिक विधि र प्रक्रियालाई समाप्त पार्न खोजेको आरोप लगाएका थिए ।