काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समितिले आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।
आज बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न उपर्युक्त भएको भन्दै प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको हो । आज दोश्रो चरणमा बसेको बैठकले यस्तो सुझाव दिएको कांग्रेस नेता एवँ सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले जानकारी दिनुभयो । सत्तारुढ गठबन्धनको यो निर्णयसँगै अव सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तय गर्नेछ । गठबन्धनको बैठकले संबिद्यानसँग बाझिएको भनिएको स्थानीय तह निर्वाचन ऐन २०७३ लाई संशोधन गर्न आवस्यक भए प्रक्रिया अघि बढाउन पनि सुझाव दिएको छ ।
सत्तारुढ गठबन्धनको यो निर्णयसँगै अव स्थानीय तहको निर्वाचन सम्वन्धि अन्यौलता हटेको छ ।