images
images

रवि लामिछानेले नेपाली नागरिकता लिए

  • १५ माघ २०७९, आईतवार १४:१७

काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि गैर नागरिक ठहर भएका रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

अमेरिकी नागरिकता त्यागेको निस्सा पेश गरेपछि लामिछानेले आज नेपाली नागरिकता लिएका हुन् । लामिछानेका सहयोगी प्रकाश सिग्देलले रविको नाममा नागरिकता जारी भइसकेको बताएका छन् । अमेरिकी नागरिकता लिएपछि स्वतः खारेज भएको नेपाली नागरिकता नै प्रयोग गरेकाले उनले सबै पद गुमाएका थिए । चितवन २ बाट निर्वाचित सांसद, गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद समेत गुमाएका उनले अब नेपाली नागरिकको रुपमा सक्रिय हुन सक्नेछन् ।

२०५० सालमा लिएको नागरिकता त्यागेका उनी अमेरीकी नागरिक भएका थिए । तर २०७५ सालमा नेपाल फर्किएका उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेश गरेका थिएनन्। सोही कारण उनले सबै शक्तिशाली पद गुमाउनुपरेको थियो । लामिछाने विरुद्ध दोहोरो राहदानी प्रयोग, खारेज भइसकेको नागरिकताबाट पदमा पुगेर कानुनी दुरुपयोग लगायतमा छानविन प्रक्रिया अघि बढ्ने सम्भावना देखिएको छ ।