images
images

पद गएको दुई दिन पछि फेरी रवि लामिछाने बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति

  • १५ माघ २०७९, आईतवार १७:१६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ ।

आज लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो । लामिछानेले आजनै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री र सांसद पद खारेज गरेको थियो ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमेको थियो । साथै, रास्वपाको आजको बैठकले गृहमन्त्रालय आफ्नोनै हुने दावी गरेको छ ।