images
images

गौरीशंकर र विगुबासीका लागि मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आइपिओ निष्काशन

  • १५ माघ २०७९, आईतवार १७:४६

जिरी (दोलखा) । दोलखास्थित मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आइपिओ निष्काशन गरेको छ ।

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले स्थानीय प्रभावित क्षेत्र र अतिप्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ७ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेको हो । जिल्लाको गौरीशंकर र विगु गाउँपालिकाबासीका लागि १०० रुपैंया अंकित दरको सात करोड ६० लाख रकम बराबरको सात लाख ६० हजार कित्ता शेयर निष्कासन भएको कम्पनीले जनाएको छ । जारी पुँजी ७६ करोडको १० प्रतिशत साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुका लागि निष्काशन भएको छ । त्यसमध्ये अति प्रभावित क्षेत्र गौरीशंकर गाउँपालिका वडा नम्बर ५ र ६ का वासिन्दाहरुका लागि ३ लाख ४ हजार कित्ता सेयर बाँडफाँट गरिनेछ भने प्रभावित क्षेत्र वडा नम्बर १, २, ३,४,७, ८ र ९ का वान्दिाहरुका लागि ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र विगु गाउँपालिकाका वासिन्दाहरुमा एक लाख १४ हजार कित्ता सेयर बाँडफाँट गरिनेछ ।

शेयर आवेदन आजदेखि यही माघ २९ गतेसम्म दिन सकिने मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष हिमाल गुरुङले जानकारी दिनुभयो । शेयर आवेदनको लागि प्रभु बैंक लिमिटेड दोलखा शाखा, हालको प्रभु बैंक लिमिटेड अर्थात साविकको सेञ्चुरी कमर्सियल बैंक दोलखा शाखा, सिंगटी र जिरी शाखा, लक्ष्मी बैंक लिमिटेड चरिकोट शाखा तथा सुनखानी शाखा, सुरीखोला जलविद्युत आयोजनास्थलको कार्यालय इविथान वडा कार्यालयमा आजदेखि १९ गतेसम्म तथा माथिल्लो सुरीखोला जलविद्युत आयोजनास्थलको कार्यालयहरु काप्तीगाउँमा माघ २० देखि २४ गते सम्म र चंखु वडा कार्यालयमा माघ २५ देखि २९ गतेसम्म उपस्थित भई आवेदन भर्न सकिने कम्पनीले जनाएको छ ।

साथै, प्रभु क्यापिटल लिसिमटेडको कमलादी तथा ipoapply.prabhucapital.com लिङकमा आवेदन भर्न सकिनेछ ।