images
images

माथिल्लो तामाकोशी हाईड्रोपावरको हकप्रद शेयर लिलामीको बाँडफाँड आज हुँदै

  • १५ माघ २०८०, सोमबार ०६:१९

दोलखा । माथिल्लो तामाकोशी हाईड्रोपावरको नबिकेको हकप्रद शेयरको लिलामीको बाँडफाँड आज  हुने भएको छ ।

हकप्रद शेयरको लिलामीको बाँडफाँड आज हुने माथिल्लो तामाकोशीको लिलामी शेयरको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको हो । कोषका अनुसार लिलामीमा ३० हजारभन्दा बढी आवेदनकर्ताले भाग लिएका छन् भने ७ अर्ब रुपैयाँ नगद जम्मा भएको छ । गत शुक्रवारदेखि लिलामी शेयरको शिलबन्दी बोलपत्र खोल्ने कार्य सुरु भएको सो कम्पनीको लिलामी शेयरको अनुमानित कटअफ प्राईस १ सय ४६ रुपैयाँ छ ।
अपर तामाकोशी हाईड्रोपावरले गत पौस १३ गतेदेखि पौस २९ गतेसम्म आवेदन माग गरेको थियो । कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । कम्पनीले यसअघि गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । सो बेला आवेदन नपरेको सेयरलाई कम्पनीले लिलामी मार्फत् बिक्री गर्न थालेको हो ।