सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ ।
मेलम्ची नगरपालिका–१० बटुवाटोलका ५३ वर्षीय कैदी कृष्ण नेपालीको मृत्यु भएको हो । उनले २०७५ सालदेखि कर्तव्य ज्यान मुद्धामा जिल्ला कारागार चौतारामा कैद सजाय भुक्तान गदै आएका थिए । हिजो भने नेपाली घाम ताप्ने क्रममा बसिरहेको अवस्थामा अचानक ढलेका थिए । अचानक ढलेका उनलाई जिल्ला अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको सिन्धुपाल्चोकका सूचना अधिकारी निरञ्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उनको मृत्यु हट्याटक भएर हुनसक्ने अनुमान गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










