images
images

अखिल क्रान्तिकारीको जनजाति सचिवमा दोलखाका मोक्तान विजयी, अन्य पदमा को ?

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको सचिवमा दोलखाबाट आर्टिष्ट मोक्तान विजयी भएका छन् ।

शैलुङ गाउँपालिका–४ मागापौवा घर भएका मोक्तान जनजातितर्फ ४१५ मत ल्याएर सचिव पदमा विजयी भएका हुन् । दोलखाबाट सचिवका लागि विभिन्न कोटामा मोक्तानसहित ४ जनाको उम्मेदवारी परेको थियो । समावेशी जनजातितर्फ मोक्तान विजयी भएपनि अन्य कोटामा फरक जिल्लाका युवा नेताहरुले जित निकालेका छन् ।

मतपरिणाम अनुसार खुला सचिवमा ५ सय ५१ मत सहित प्रेम जैशी, ३९२ मत सहित वीरेन्द्र जिसी, ३७२ मत सहित शिशिर बस्याल र ५४५ मत ल्याएर सम्झना राई विजयी भएका छन् । यसैगरी छात्रातर्फ ४९८ मत सहित तिर्सना आलेमगर, ५२९ मत ल्याएर समकृति पुन विजयी भएका छन् । दलिततर्फ आशा उपरकोटीले ७४६ मत प्राप्त गर्दै जित हात पारेकी छिन् ।

कोषाध्यक्षतर्फ फुलमाया रानामगर खुशी विजयी भएकी छिन् । विश्वविद्यालय र उपत्यका विशेषको आज सम्पन्न मतगणनामा मगरले ५९६ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । अन्य पदको गणना जारी रहेको छ ।