images
images

अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी

  • १६ माघ २०८१, बुधबार १५:५४

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी भएका छन् ।

उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत पाएका छन् । महासचिवको लागि दोलखाबाट सञ्जिव फुयाल पनि उम्मेदवार बनेका थिए । थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन् ।

यो समूह नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छ । यसअघि ११ जना सचिव र कोषाध्यक्ष पदको छिनोफानो भइसकेको छ ।