images
images

काठमाडौँ महानगरपालिकाका प्रहरी र फुटपाथ व्यापारीबीच झडप हुँदा ११ जना घाईते

  • १७ फाल्गुन २०८०, बिहीबार ०७:५५

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रहरी र फुटपाथ व्यापारीबीच झडप हुँदा ११ जना घाईते भएका छन् ।

सुन्धारास्थित फुटपाथमा भएको झडपका क्रममा ५ जना नगरप्रहरी र ६ व्यवसायी गरी ११ जना घाइते भएका हुन् । फुटपाथ व्यवसायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो । झडपमा परी घाइते भएकाहरुको वीर अस्पतालमा उपचार भइरहेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो । महानगरपालिकाले फुटपाथ व्यवसायलाई निरुत्साहित गर्ने उदेश्य लिएको छ ।