रामेछाप । रामेछापमा मोटरसाइकल चोरीको आरोपमा दुई किशोर पक्राउ परेका छन् ।
उमाकुण्ड गाउँपालिका वडा नम्बर ७ भुजीका १८ वर्षिय युसुफ सुनुवार र १६ वर्षिय बालकलाई प्रहरीले मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको हो । गत फागुन २२ गते लिखु तामाकोशी गाउँपालिका का रमेश पौडेलको बा ८३ प ५४३८ नम्बरको मोटरसाइकल हराएको भन्दै प्रहरीकोमा उजुरी परेको थियो । सो मोटरसाइकल खोजी गर्ने क्रममा उनीहरुले किचेनमा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको रामेछापका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुमाथि चोरी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।