काठमाण्डौं । ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले सिन्धुपाल्चोक, मोरङ, पश्चिम नवलपरासी जिल्लासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र गण्डकी प्रदेश सशस्त्र गण मुख्यालय, पोखरामा काजमा एसपी पठाएको हो । सिन्धुपाल्चोकमा रामेशवरप्रसाद यादव, मोरङमा शान्तिराज कोइराला, पश्चिम नवलपरासीमा काँशीराम कंडेल, अख्तियारमा राजन अधिकारी, रानीपोखरीमा जनार्दन जिसी र गण्डकीको सशस्त्र प्रहरी गण मुख्यालयमा मनोजकुमार यादवलाई पठाइएको छ । सिन्धुपाल्चोक पठाइएका एसपी यादव मातहतबाट संगठित घुस उठाएको आरोपमा गत वर्ष निलम्बन परी विभागीय कारबाही भोगेका अधिकृत हुन । डिएसपी सरुवामा विभिन्न कार्यालयका प्रमुख फेरिएका छन् ।
यस्तै, नेपाल प्रहरीका ३६ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हिजो साँझ डीएसपीहरूको सरुवा गर्नुभएको हो ।