images
images

भीमेश्वर नगरपालिकामा कांग्रेसले लगाएको ताला प्रहरीले तोड्यो

  • १५ चैत्र २०७८, मंगलवार १६:३९

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाको कार्यालयमा नेपाली कांग्रेस भिमेश्वर नगर समितीले लगाएको ताला प्रहरीले तोडेको छ ।

नेपाली कांग्रेस नगर समितीले आज नगरपालिकाको कार्यालयमा गरेको तालाबन्दी प्रहरीले तोडेको हो । तालाबन्दी गरेको केही बेरमै प्रहरीको टोलीले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष र लेखा शाखामा गरेको तालाबन्दी तोडेको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो । नगरवासीले तिरेको करबाट विभिन्न शिर्षकमा आफु निकटका कार्यकर्तालाई रकम बाडिरहेको भन्दै नेपाली कांग्रेस भीमेश्वर नगर समितिका सभापति शंकर कार्कीको नेतृत्वमा नगरपालिकाको कार्यालयमा पुगेको टोलीले प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष र लेखा शाखामा ताला लगाएको थियो । निर्वाचनकोे मुखैमा नगरप्रमुख भरत केसी र उपप्रमुख कमला बस्नेतको ठाडो तोक आदेशमा आफु निकटका कार्यकर्तालाई जथाभावी राज्यकोषको रकम बाडिरहेको भन्दै कांग्रेस भिमेश्वर नगर कार्य समितीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । नेपाल सरकार, प्रदेश र स्थानिय सरकारका सबै निकाय, राजनितिक दल सहित सिंगो मुलुक आसन्न स्थानिय तहको निर्वाचन तयारीमा जुटिरहेका बेला नगरपालिकाले विभिन्न शिर्षकका नाममा राज्य कोषको रकम बाडिरहेको भन्दै समितीले आज नगरपालिकाको कार्यालय घेराउ समेत गरेको थियो ।