images
images

दोलखामा एसईई परिक्षाः१९ परिक्षा केन्द्र ३१२४ परिक्षार्थी

  • १५ चैत्र २०७८, मंगलवार १७:३५

जिरी (दोलखा) । आगामी बैशाख ९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि दोलखामा १९ वटा परिक्षा केन्द्र तोकिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई दोलखाले जिल्लामा सञ्चालन हुने एसईई परिक्षाका लागि १९ वटा परिक्षा केन्द्र तोकेको हो । जसमा एउटा परिक्षा केन्द्रमा ९ वटा सम्म विद्यालयका परिक्षार्थीहरुले परिक्षा दिनेछन् । शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका अनुसार सबै भन्दा बढी कालिनाग मावि सिंगटीमा ९ वटा विद्यालयका परिक्षार्थीले एसईई परिक्षा दिने भएका छन् । यस्तै, तामोकोशी गाउँपालिकास्थित गोल्मेश्वर मावि मालु र मेलुङ गाउँपालिकाका विद्यालयहरुका लागि तोकिएको परिक्षा केन्द्र त्रिभुवन मावि मेलुङमा ८/८ वटा विद्यालयका विद्यार्थीहरुले परिक्षा दिनेछन् । यस्तै, जिरी मावि जिरी, ढुंगेश्वरी मावि जिरी, हनुमन्तेश्वर मावि काब्रे, बैतेश्वर मावि नाम्दु, कालिनाग मावि सुनखानी र पशुपति कन्या मन्दिर मावि चरिकोटमा सम्बन्धित पालिकाका ४/४ वटा विद्यालका परिक्षार्थीले परिक्षा दिनेछन भने दुर्गा मावि मागापौवा, कालिञ्चोक मावि चरिकोट (क), बुद्धिभिमसेन मावि धरमघर र कालिञ्चोक मावि चरिकोट (ख) मा ६/६ वटा विद्यालयका विद्यार्थीहरु परिक्षामा सहभागी हुनेछन् ।

आगामी बैशाख ९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि दोलखामा १९ वटा परिक्षा केन्द्र तोकिएको छ । शिक्षा विकास तथा समन्वय इकाई दोलखाले जिल्लामा सञ्चालन हुने एसईई परिक्षाका लागि १९ वटा परिक्षा केन्द्र तोकेको हो । जसमा एउटा परिक्षा केन्द्रमा ९ वटा सम्म विद्यालयका परिक्षार्थीहरुले परिक्षा दिनेछन् । यो वर्षको एसईई परिक्षामा दोलखामा ३ हजार १ सय २४ जना परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिनुभयो । 

भिम मावि दोलखामा ७, कालिका मावि सुन्द्रवाती र हलेश्वर मावि सुरीमा ५/५, देवी मावि बोच, कुँटीडाँडा मावि मकैबारी र गौरीशंकर मावि लामाबगरमा ३/३ वटा विद्यालयका विद्यार्थीहरुले परिक्षा दिने शिक्षा विकास तथा समन्वय ईकाई दोलखाले जनाएको छ । कोरोना महामारीका कारण विगत ३ वर्षदेखि सम्बधित विद्यालयमै हुदै आएको माध्यमिक शिक्षा एसईई परिक्षा यो वर्ष देखि भने परिक्षा केन्द्र तोकेरै गर्न लागिएको हो । देशभर कोरोना संक्रमण घटेर जनजिवन सामान्य बन्न लागेपछि राष्ट्रिय परिक्षा बोर्डद्धारा सञ्चालन हुने परिक्षा केन्द्र तोकिएर गर्न लागिको हो ।

यो वर्षको एसईई परिक्षामा दोलखामा ३ हजार १ सय २४ जना परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिनुभयो । जसमा १ हजार ६ सय १७ जना छात्रा र १ हजार ५ सय ७ जना छात्र रहेका छन् । बैशाख ९ गते हुने परिक्षाका लागि केन्द्रध्यक्ष भने पछि तोकिनेछ ।