images
images

परिस्थिति र आवश्यकता हेरेर चुनावमा तालमेल गर्ने कांग्रेसको निर्णय

  • १५ चैत्र २०७८, मंगलवार १७:५२

काठमाण्डौ । नेपाली कांग्रेसले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समिति बैठक र शीर्ष नेताहरुको बैठकले स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको हो । पार्टीको केन्द्रीय समिति बैठक र शीर्ष नेताको बैठकले गठबन्धनबारे नीतिगत निर्णयमात्र गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । नेपाली काँग्रेस बागमती प्रदेशले पनि आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा आवश्यक्ता र औचित्यको आधारमा सत्ता गठबन्धनसँग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

यसैबीच, काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको काग्रेसले जनाएको छ । यस्तै प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।