images
images

दोलखामा दुई महिनामा आगलागीबाट करोडौँको क्षती, एक बृद्धको ज्यानै गयो

  • १५ चैत्र २०७९, बुधबार १५:४८

दोलखा । दोलखामा दुई महिनाको अवधिमा आगलागीबाट १६ वटा घर जलेको छ भने एक बृद्धले ज्यान गुमाएका छन् ।

चालु बर्षको माघ महिनादेखि हालसम्मको अवधिमा १६ वटा घर र एउटा कुखुरा फर्ममा आगलागी हुँदा करोडौँको क्षति भएको हो । आगलागीबाट कालिञ्चोक गाउँपालिका वडा नम्बर २ डकाका ८६ वर्षिय महविर थामीले ज्यान गएका हुन् । फागुन २३ गते सुतिरहेका थामीको चुल्होबाट सल्कीएको आगोले जलेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्राप्त तथ्यांक अनुसार आगलागीबाट सवैभन्दा बढी क्षति कालिञ्चोक गाउँपालिकामा भएको छ । कालिञ्चोक गाउँपालिका ९ कटुवाचौर बजारमा गत माघ १८ गते आगलागी हुँदा एकै पटक ९ वटा जलेर नष्ट भएका थिए । स्थानीय रुद्र बहादुर ओेलीको घरबाट सुरु भएको आगोले ९ वटा घर पुर्ण रुपमा जलेको हो । आगलागीबाट राम बहादुर थामी, नवराज सेढाई, चित्र प्रसाद सेढाई, दुर्गा दहाल, गोपिलाल थामी, रुद्र बहादुर ओली, अमृता खड्का ओली, शंकर कुमार ओली र सन्तोष सेढाइको घर पुर्ण रुपमा जलेको थियो । सो आगलागीबाट करिव ६ करोड बराबरको क्षति भएको थियो ।

त्यसअघि माघ ९ गते दोलखाको शैलुङ गाउँपालिकाका बलभद्र कुँवरको कटेजमा आगलागी हुँदा ४० हजार बराबरको क्षति भएको थियो भने माघ २३ गते शैलुङ गाउँपालिका वडा नम्बर ८ गोपीडाँडाका बम बहादुर तमाङको घरमा विद्युत सर्ट भए आगो लागेको थियो । आगलागीबाट करिव तीन लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्यांक अनुसार यही चैत १ गते दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ३ तल्लो डाँडाखर्कका तेन्जि शेर्पाको घरमा आगलागी भएको थियो । आगलागीबाट दुई तले ढुंगा माटोले बनेको घर जल्दा करिव १० लाख बराबरको क्षति भएको छ । यस्तै चैत ४ गते कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ पिलिखेवाका शम्भु थामीको घरमा आगलागी भएको थियो । आगलागीबाट दुई तले घर पुर्ण रुपमा जल्दा करिव ६ लाख बरारको क्षति भएको प्रहरीको तथ्यांक छ । चैत ८ गते पनि शैलुङ गाउँपालिका वडा नम्बर ८ झोरका देवराज श्रेष्ठ र गंगालाल श्रेष्ठको घरमा आगलागी हुँदा करिव ५ लाख ६० हजार बराबरको क्षति भएको छ ।

चालु बर्षको माघ महिनादेखि हालसम्मको अवधिमा १६ वटा घर र एउटा कुखुरा फर्ममा आगलागी हुँदा करोडौँको क्षति भएको हो । आगलागीबाट कालिञ्चोक गाउँपालिका वडा नम्बर २ डकाका ८६ वर्षिय महविर थामीले ज्यान गएका हुन् । कालिञ्चोक गाउँपालिका ९ कटुवाचौर बजारमा गत माघ १८ गते आगलागी हुँदा एकै पटक ९ वटा जलेर नष्ट भएका थिए ।

यसैगरी वैतेश्वर गाउँपालिका वडा नम्बर ४ ज्यामिरेमा रिता कार्कीले सञ्चालन गर्दै आएको मडी तथा पशुपंक्षि फर्ममा आगलागी हुँदा करिव ५ लाख बराबरको क्षति भएको थियो भने मेलुङ गाउँपालिका ७ मा जोगी बस्ने कटेजमा आगलागी हुँदा करिव ६० हजार बजारबरको क्षति भएको छ । दोलखामा माघ महिनादेखि हालसम्म भएका आगलागीका घटना हेर्दा अधिकांश घटना खाना पकाउन बालिएको आगो सल्कीएर भएको देखिएको छ भने कुनै घटना विद्युत सर्ट भएर पनि भएका छन् । हामीले खाना पकाइसकेपछि वा आफु सुत्नुभन्दा अगाडि आगो राम्ररी निभेको छ कि छैन भनेर हेर्न जरुरी छ । हाम्रो सानो भुलले गर्दा मानिसको ज्यानै जाने र करोडौंको धनमाल नष्ट हुने भएकाले सवैले आफ्नो भान्सामा खाना पकाइसकेपछि राम्ररी आगो निभाउनु पर्दछ भने विद्युतीय तारहरु पनि घरमा सुरक्षित छ कि छैन वेलावेलामा परिक्षण गर्नुपर्नेछ । यसो गरेमा सम्भावित घटनाबाट केही हदसम्म बच्न सकिने जानकारहरुले बताएका छन् ।