images
images

सत्ता गठबन्धनको मन्त्रालय भागबण्डा टुङ्गियो

  • १५ चैत्र २०७९, बुधबार १८:२१

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् । बालुवाटारमा आज साँझ बसेको बैठकले मन्त्रालय भागबण्डामा समझदारी जुटाएको नेताहरुले बताएका छन् । राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको छ । एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन् । जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी भने तत्काल सरकारमा नजाने गरी सहभागी भएको हो। दलहरूले प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीहरूको नाम बुझाउने सहमतिसमेत भएको छ। गठबन्धन बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ ।