images
images

जनयुद्धमा हात गुमाएका श्रेष्ठ शैलुङ गाउँपालिकाको प्रमुखको चुनावी मैदानमा

  • १६ बैशाख २०७९, शुक्रबार ०७:५८

दोलखा । तत्कालीन जनयुद्धका घाईते योद्धा रिमालबाबु श्रेष्ठ स्थानीय तह निर्वाचनमा दोलखाको शैलुङ गाउँपालिकाको अध्यक्ष पदमा चुनावी मैदानमा उत्रिएका छन् ।

श्रेष्ठ यही बैशाख ३० गते हुन लागेको निर्वाचनमा शैलुङ गाउँपालिकामा सत्तागठबन्धन दलको तर्फबाट पालिका अध्यक्षमा चुनावी मैदानमा उत्रिएका हुन् । नेकपा माओवादी केन्द्रका नेता श्रेष्ठलाई नेपाली कांग्रेशको समर्थन रहेको छ । अर्को गठबन्धन दल नेकपा एकीकृत समाजवादीले भने वडामा मात्रै सहकार्य गरेको छ । शैलुङका पालिका अध्यक्षका उम्मेदवार श्रेष्ठले २०५८ सालबाट नेकपा माओवादीको तर्फबाट तत्कालीन जनयुद्धमा होमिएर राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसअघि साधारण रुपमा माओवादी केन्द्रको राजनीतिक गतिविधिमा सहभागी हुने गरेका श्रेष्ठले २०५८ साल साउनबाट भने जनयुद्धबाटै आफ्नो राजनीतिक जिवनको औपचारिक सरुवात गरेका हुन् । त्यसपछि उनी माओवादी केन्द्रको विद्यार्थी संगठनको जिल्ला अध्यक्ष एवम् पार्टीको जिल्ला कमिटि सदस्य बनेका थिए । श्रेष्ठ द्धन्द्धकालीन समयदेखि माओवादीमा सक्रिय रुपमा लागि परिरहेका छन् । जनयुद्धको लडाईँका क्रममा उनको बाँया हातमा गोली पनि लागेको थियो । श्रेष्ठ २०६० साल असोज १५ गते जनयुद्धका क्रममा गोली लागेर घाईते भएका थिए ।

उनी गोली लागेपछि घटनास्थलबाट भाग्न सफल भएपनि उपचारका क्रममा काठमाडौंको विएण्डवि अस्पतालबाटै सेनाले नियन्त्रणमा लिएको थियो । हातमा गोली लागेर पिडादायक अवस्थामा उपचारका लागि छट्पटाइरहेका उनलाई सेनाले नियन्त्रणमा लिएर तीन महिना नजरबन्दमा राखेको थियो । हाल शैलुङ गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका श्रेष्ठलाई सेनाले उपचार विनै तीन महिनासम्म छाउनीको ब्यारेकमा नजरबन्द गरेर राख्यो । बाँया हातमा गोली लागेर निकै पिडामा गुजारेका श्रेष्ठले नजरबन्दमा उपचार समेत नपाएपछि उनको हातमा किरा परेर कुहीएको थियो । उपचारमा तड्पिएका उनलाई सेनाले नियन्त्रणमा राखेर तीन महिनासपछि आफ्नै दाईको जिम्मा लगाएर छाडेको थियो ।

तत्कालीन जनयुद्धका घाईते योद्धा रिमालबाबु श्रेष्ठ स्थानीय तह निर्वाचनमा दोलखाको शैलुङ गाउँपालिकाको अध्यक्ष पदमा चुनावी मैदानमा उत्रिएका छन् । जनयुद्धको लडाईँका क्रममा उनको बाँया हातमा गोली पनि लागेको थियो । हातमा गोली लागेर पिडादायक अवस्थामा उपचारका लागि छट्पटाइरहेका उनलाई सेनाले नियन्त्रणमा लिएर तीन महिना नजरबन्दमा राखेपछि आफ्नै दाईको जिम्मा लगाएर छाडेको थियो । त्यसपछि श्रेष्ठले हातमा स्टील राखेर उपचार गराउँदै गर्दा माओवादीको सम्पर्कमा रहेको भन्दै सेनाले पुन नियन्त्रणमा लिएको थियो । श्रेष्ठ पछि मुद्धा लडेर जेलबाट निस्किएका थिए । श्रेष्ठ द्धन्द्धकालीन समयदेखि माओवादीमा सक्रिय रुपमा लागि परिरहेका छन् ।

त्यसपछि श्रेष्ठले हातमा स्टील राखेर उपचार गराउँदै गर्दा माओवादीको सम्पर्कमा रहेको भन्दै सेनाले पुन नियन्त्रणमा लिएको थियो । करिब एक वर्ष पछि उनलाई नियन्त्रणमा लिएर पुन तीन महिला जेल राखिएको थियो । सो समयमा नेकपा माओवादीमा उनी कुनै जिम्मेवारीमा रहेका थिएनन् । श्रेष्ठ पछि मुद्धा लडेर जेलबाट निस्किएका थिए । मुलुकमा माओवादी केन्द्रको जनयुद्धको अन्त्य भएर शान्ति प्रक्रिया सुरु भएपछि उनी जिल्ला कमिटि सदस्य एवम् जिल्ला कमिटि सचिवालय सदस्यको जिम्मेवारीमा रहेर काम गरेका थिए । उनले राजनीतिक यात्राको क्रममा २०६४ सालमा माओवादीबाट शैलुङको इलाका नम्बर ७ को सचिव र ईञ्जार्जका रुपमा काम गरेका थिए ।

यसरी राजनीतिक जिवनमा थुप्रै कठिनाइहरुको सामना गर्दै श्रेष्ठ राजनीतिक रुपमा सक्रिय रहँदै यहाँसम्म आइपुगेका हुन् । मुलुक संघीयतामा गएपछि उनले २०७४ सालको निवार्चनमा शैलुङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनेका थिए । यद्धपि उनले सो समयमा विशेष कारणवस हार व्यहोर्नुपरेको थियो । हाल श्रेष्ठ माओवादी केन्द्रको बागमती प्रदेशको सचिवालय सदस्यको जिम्मेवारीमा रहेका छन् । उनले सोही जिम्मेवारीमा रहेर काम गरिरहेपनि अहिले सत्तागठबन्धनको तर्फबाट स्थानीय तह निर्वाचनमा पालिका अध्यक्षमा उम्मेदवारी दिएका छन् । यो पटक पनि पुनः अध्यक्ष पदमा उम्मेदवार बनेका उनले जित हात पार्ने दावी गरेका छन् । नेकपा एमाले सत्तामा रहँदा जनचाहना बमोजिम काम नगरेको र पालिकामा भ्रष्टाचार, बेतिथि मौलाएकाले यसको अन्त्यका लागि शैलुङमा पनि गठबन्धन दल एक भएको उनको भनाई छ । श्रेष्ठले केन्द्रमा झैँ शैलुङमा पनि गठबन्धन दलहरु एकढिक्का रहेकाले आफुहरुले बिजय हात पार्ने बताएका छन् ।जनयुद्धका क्रममा धेरै कष्ट भोग्र्दै सामाजिक कार्यमा सक्रिय रुपमा सहभागी भएर काम गर्दै आएकाले आफ्नो पक्षमा राम्रो माहोल देखिएको उनको भनाई छ ।