images
images

सिन्धुपाल्चोकमा तोडियो गठबन्धन, माओवादी र एमालेबिच तालमेल गर्ने सहमति

  • १६ बैशाख २०७९, शुक्रबार १०:२१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा गठबन्धन तोडिएको छ ।

सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादीबिच चुनावी तालमेल गर्ने सहमति भएसँगै गठबन्धन तोडिएकोे हो । माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी कृष्णकुमारी कुँवरलाई उम्मेदवारी फिर्ता लिन लगाएर एमालेका उम्मेदवार टपेन्द्र तिमल्सिनालाई सघाउने सहमति भएको छ ।

यस्तै उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता लिन लगाएर माओवादी केन्द्रकी दुर्गा थापालाई सघाउने सहमति भएको छ । सत्ता गठबन्धनका दलहरुको बैठकले एमालेसँग तालमेल नगर्न सर्कुलर गरेपनि सिन्धुपाल्चोकको सुनकोशीमा भने गाउँपालिकास्तरीय नेताहरुबिच एमालेसँग तालमेल भएको हो । यसअघि सुनकोशी गाउँपालिमा नेपाली कांग्रेसले जितेको थियो । अहिले सो पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका श्रवण जीसी उम्मेदवार रहेका छन् ।