images
images

बागी उम्मेदवारी तत्काल फिर्ता लिन गठबन्धनको निर्देशन

  • १६ बैशाख २०७९, शुक्रबार १२:००

काठमाडौं । सत्तारुढ गठबन्धनले बिभिन्न पदमा बागी उम्मेदवारी दिएकाहरुलाई तत्काल फिर्ता लिन पुनः निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले केन्द्रबाट भएको सहमति विपरित गठबन्धन दलबाट दर्ता भएको तालमेल तत्काल खारेज गर्ने निर्णय गरेको छ । साथै पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय गरिएको नेताहरुले बताएका छन् । स्थानिय तह निर्वाचनमा गठबनधन दलहरुबिच तालमेल भए पनि ठाउँठाउँमा बागी उम्मेदवारी परेको छ । यसअघि गठबन्धनको बैठकले बागी उम्मेदवारी फिर्ता लिन र गठबन्धन भित्रका दलले एमालेसँग गरेको तालमेल खारेज हुने चेतावनी दिएको थियो ।