images
images

कांग्रेसमा एक्लिएपछि छविलाल तामाङ एमालेमा प्रवेश

  • १६ बैशाख २०७९, शुक्रबार १२:२१

जिरी (दोलखा) । नेपाली काँग्रेस दोलखाका पूर्व उपसभापति छविलाल तामाङ कांग्रेसमा एक्लिएपछि नेकपा एमाले प्रवेश गरेका छन् ।

बैतेश्वर कांग्रेसको राजनीतिमा एक्लिएपछि उनी आज एमाले प्रवेश गरेका हुन् । स्थानीय तह निर्वाचनमा बैतेश्वर गाउँपालिकामा सत्तारुढ दलको गठबन्धन तोड्न मुख्य भूमिका खेलेका तामाङ गठबन्धनलाई समेत तोडेर एमाले गएका हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीचको गठबन्धनमा सहमति भएपनि उनले अन्तिम समयमा आएर गठबन्धनलाई तोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

गठबन्धनको भागवण्डाको क्रममा बैतेश्वरमा काँग्रेसको भागमा पालिका अध्यक्ष र नेकपा माओवादी केन्द्रको भागमा उपाध्यक्ष परेको थियो । सोही अनुसार उम्मेदवारी दर्ता गर्ने क्रममा तामाङले भने विद्रोह गरी बागी उम्मेदवारी दिएका थिए । त्यसपछि कांग्रेससँगको गठबन्धन तोडिएसँगै बैतेश्वरमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

बैतेश्वर कांग्रेसको राजनीतिमा एक्लिएपछि उनी आज एमाले प्रवेश गरेका हुन् । स्थानीय तह निर्वाचनमा बैतेश्वर गाउँपालिकामा सत्तारुढ दलको गठबन्धन तोड्न मुख्य भूमिका खेलेका तामाङ गठबन्धनलाई समेत तोडेर एमाले गएका हुन् । उम्मेदवारी दर्ता गर्ने क्रममा तामाङले विद्रोह गरी बागी उम्मेदवारी दिएका थिए । बैतेश्वर कांग्रेसको राजनीतिमा छवि लामा र शुक्रराज तामाङको हावी हुँदै गएपछि तामाङ एक्लिदै गएका थिए ।

बैतेश्वर कांग्रेसको राजनीतिमा छवि लामा र शुक्रराज तामाङको हावी हुँदै गएपछि तामाङ एक्लिदै गएका थिए । पार्टीको निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि काग्रेसले उनलाई कारवाही गर्ने निर्णय पनि गरेको थियो । त्यसलगत्तै उनी एमाले प्रवेश गरेका हुन् । केही महिना अघि सम्पन्न कांग्रेसको जिल्ला अधिवेशनमा उपसभापति पदमा निर्वाचन लडेका उनी पराजित भएका थिए । छविलाल तामाङ यसअघि पनि नेपाली काँंग्रेस छाडेर तत्कालीन नेकपा मालेमा प्रवेश गरेका थिए । तर, त्यसको करिब एक वर्षपछि पुनः कांग्रेसमै फर्किएका थिए ।

एमाले प्रवेश गरेका उनलाई जिल्ला पार्टी कार्यालयमा नेकपा एमालेका नेता पार्वत गुरुङ र पार्टी जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।