images
images

दोलखा कांग्रेसका पाँच नेता निष्कासित

  • १६ बैशाख २०७९, शुक्रबार १४:१२

दोलखा । नेपाली कांग्रेस दोलखाले ५ जना नेताहरुलाई भविष्यमा समेत नेपाली कांग्रेस हुन अयोग्य ठहरिने गरि निष्कासित गरेको छ ।

पार्टी सभापति बर्मा लामाले आज विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा अन्य पार्टीलाई मद्धत पुग्ने कार्य गर्ने ५ जनालाई पार्टीमा भविष्यमा समेत अयोग्य ठहरिने गरि निष्कासित गरेको जानकारी दिनुभयो । कांग्रेसले वैतेश्वर गाउँपालिका वडा नम्बर २ का पुर्व जिल्ला उपसभापति छविलाल मोक्तान, मेलुङ ४ का पुर्व वडा अध्यक्ष छत्रबहादुर तमाङ, कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ का वडासभापति केदार कार्की, कालिञ्चोक ४ का क्षेत्रीय प्रतिनिधि यम बहादुर कार्की र कालिञ्चोक ५ का वडा सभापति सहदेव खड्कालाई पार्टीबाट निष्कासित गरेको हो ।

जिल्ला सभापति लामाद्धारा हस्ताक्षरित विज्ञप्तिमा विभिन्न तहको जिम्मेवारीमा रहेका उनीहरुलाई पार्टीको विधि विधान विपरित आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा अन्य पार्टीलाई मद्धत पुग्ने कार्य गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने र भविष्यमा नेपाली कांग्रेस हुन अयोग्य ठहरिने गरि निष्कासित गरिएको उल्लेख गरिएको छ ।