images
images

चौतारा साँगाचोकगढी नगरपालिकामा बागी उम्मेदवारी दिएका अमानसिंहद्धारा उम्मेदवारी फिर्ता

  • १६ बैशाख २०७९, शुक्रबार १५:२६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर पदमा बागी उम्मेदवारी दिएका माओवादी नेता अमान सिंह तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

आज विज्ञप्ती जारी गरी तामाङले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका  हुन् । पार्टी नेता कार्यकर्ताहरूको चाहाना र माओवादी केन्द्रलाई एक ढिक्का बनाएर अगाडि बढ्नका लागि उनले उम्मेदवारी फिर्ता लिएको बताएका छन् । उम्मेदवारी फिर्ता गरेपछि उनले माओवादीका मेयर उम्मेदवार कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’को गठबन्धनलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।