images
images

बलियो जनमत गठबन्धनको पक्षमा छ, हामी जित्छौः अध्यक्षका उम्मेदवार कार्की

  • १६ बैशाख २०७९, शुक्रबार १६:२५

दोलखा । स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट गौरीशंकर गाउँपालिकाका अध्यक्षका उम्मेदवार विश्वास कार्कीले निर्वाचनमा गठबन्धनको पक्षमा जनलहर उर्लिएकाले आफु बिजयी हुने निश्चित भएको दावी गर्नुभएको छ ।

हाम्रो रेडियो कार्यक्रम स्थानिय तह निर्वाचन विशेषमा कुराकानी गर्दै अध्यक्षका उम्मेदवार कार्कीले गौरीशंकरमा गठनबन्धनको माहोल राम्रो देखिएको भन्दै यस्तो बताउनुभएको हो । उहाँले आफु विजयी भइसकेको तर जनताको आधिकारीक मत खस्न मात्रै बाँकी रहेको धारणा राख्नुभयो । अध्यक्षका उम्मेदवार कार्कीले नेकपा एमालेको नेतृत्वले अनियमितता, भ्रष्टाचार गरेकाले जनताको सहभागीता कम रहेको भन्दै जनआधारको हिसावले आफुहरु मजबुत भएकाले निर्वाचन जित्ने दावी गर्नुभयोे । एमालेको जनआधार बाहिरमात्रै देख्दा राम्रो भएपनि स्थानीयस्तरमा राम्रो नभएकाले जित्ने आधार नभएको कार्कीको भनाई छ । उहाँले अघिल्लो निर्वाचनमा एमालेले जित हात पारेपनि जनचाहनाअनुसार विकास नगरेको र ठोस रुपमा एमाले नेृतत्वले गरेको काम जनताले महशुस गर्न नपाएको बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट गौरीशंकर गाउँपालिकाका अध्यक्षका उम्मेदवार विश्वास कार्कीले निर्वाचनमा गठबन्धनको पक्षमा जनलहर उर्लिएकाले आफु बिजयी हुने निश्चित भएको दावी गर्नुभएको छ ।अध्यक्षका उम्मेदवार कार्कीले नेकपा एमालेको नेतृत्वले अनियमितता, भ्रष्टाचार गरेकाले जनताको सहभागीता कम रहेको भन्दै जनआधारको हिसावले आफुहरु मजबुत भएकाले निर्वाचन जित्ने दावी गर्नुभयोे । एमालेको जनआधार बाहिरमात्रै देख्दा राम्रो भएपनि स्थानीयस्तरमा राम्रो नभएकाले जित्ने आधार नभएको कार्कीको भनाई छ ।

गौरीशंकर गाउँपालिका जिल्लाका प्रभावशालि नेताहरुको गाउँ भएकाले निर्वाचन जित्न निकै चुनौतीपुर्ण हुने विश्लेषण भैरहेका बेला अध्यक्षका उम्मेदवार कार्कीले भने आफ्नो जित निश्चित रहेकाले यसलाई चुनौती पुर्ण तरिकाले नलिएको धारणा राख्नुभयो । यो पटक शान्तिपुर्ण तरिकाले मतदान गर्नेतर्फ आफुहरु दृढ भएर लागेको र प्रतिपक्ष दल पनि यसमा प्रतिवद्ध हुनपर्नेमा उहाँले जोड दिनुभयोे । १४ वर्षको उमेरदेखि विद्यार्थी राजनीति गर्दै पार्टी राजनीतिमा आएका अध्यक्षका उम्मेदवार कार्कीले गौरीशंकरको समृद्धि र विकासको लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले पालिकाको विकासका लागि शिक्षा, स्वास्थ्य, पर्यटन विकास लगायतमा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

अध्यक्षका उम्मेदवार कार्कीले आफु अध्यक्षमा निर्वाचित भएमा शैक्षिक क्षेत्रलाई व्यवस्थित गर्ने, रोजगारमुलक शिक्षामा जोड दिने, स्वास्थ्य क्षेत्रमा भएका समस्या समाधान गर्ने, प्रत्येक वडा र स्वास्थ्य केन्द्रमा एम्बुलेन्स पु¥याउने, सडक हिउँद र बर्खामा चल्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुुभयो । साथै कृषिमा भएका अनियमिताको अन्त्य गर्दै वास्तविक किसानको पहिचान गरी कार्यक्रम ल्याउने, प्राकृतिक स्रोत साधनको प्रयोग गरी व्यवस्थित सहरीकरण गर्ने तथा पर्यटनको हिसावले सम्भावना बोकेको पालिका भएकाले पर्यटनको प्रमुख जोनको रुपमा विकास गर्ने लगायतका कार्यक्रम आफुसँग रहेको र सोहीअनुसार योजना बनाएर पालिकाको विकासमा लागि पर्ने उहाँले बताउनुभयो ।