images
images

तामाकोशी गाउँपालिकामा २६ जनाले निर्वाचन लड्ने, १६ जनाको उम्मेदवारी फिर्ता

  • १६ बैशाख २०७९, शुक्रबार १८:४२

जिरी (दोलखा) । जिल्ला निर्वाचन कार्यालय दोलखाले उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्न सुरु गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय दोलखाले उम्मेदवारहरुको अन्तिम नामावली र उम्मेदवारी फिर्ता गर्नेहरुको नामावली सार्वजनिक गर्न सुरु गरेको हो । जसअनुसार तामाकोशी गाउँपालिकाको उम्मेदवारको अन्तिम नामावली र फिर्ता लिनेको नाम सार्वजनिक भएको छ । जसमा आगामी स्थानीय तहको निर्वाचनमा तामाकोशी गाउपालिकाबाट २६ जनाले निर्वाचन लड्ने भएका छन् भने १६ जनाको उम्मेदवारी फिर्ता भएको छ । तामाकोशीमा वडाध्यक्ष र वडा सदस्य तथा दलित महिला सदस्य गरी १६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । 

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता र उम्मेदवारहरुको नामावली सार्वजनिक गर्ने मिति आजको लागि तोकेको थियो ।