images
images

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

  • १६ बैशाख २०७९, शुक्रबार १८:५३

सिन्धुली । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

जिल्लाको तीनपाटन गाउँपालिकाको वडा नम्बर–५ नक्कले भन्ने स्थानमा अनियन्त्रित भई बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । सिन्धुलीको भित्री सडक खण्डअन्तर्गत पर्ने वाङरिङबाट चकमकेतर्फ मानिस र समान बोकेर जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ०४५६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी सोही गाउँपालिकाको वडा नम्बर ९ आम्बोटेका ४५ वर्षीय तुलसीराम पहाडी, सोही स्थानका ५१ वर्षीय रामजी प्रसाद भण्डारी र कमलामाई नगरपालिका वडा नम्बर ७ का ३० वर्षीय रुपा मगरको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लामाले बताउनुभयो । दुर्घटनामा परी घाइते भएकाहरुको स्थानीय बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।