images
images

नाम्दुमा डढेलोले टेलिकमको तार जलेपछि टेलिफोन, इन्टरनेट र मोबाइल सेवा अवरुद्ध

  • १७ बैशाख २०८१, सोमबार ०९:२१

जिरी (दोलखा) ।  दोलखाको बैतेश्वर गाउँपालिकास्थित नाम्दुमा डढेलोले नेपाल टेलिकम अन्तर्गतको तार जलेपछि इन्टरनेट सेवा प्रभावित बन्न पुगेको छ ।

हिजो हावाहुरीसँगै नाम्दुको जंगलमा लागेको डढेलोका कारण एन्टी फाइबर तार जलेपछि बैतेश्वर गाउँपालिकाको अधिकांश क्षेत्र र जिरी नगरपालिकामा इन्टरनेट, ल्याण्डलाइन फोन र एन्टीसी सेवामा समस्या आएको हो । बैतेश्वर–६ नाम्दुमा हिजो डढेलोमा तार जलेपछि सेवा अवरुद्ध हुन पुगेको नेपाल टेलिकम दोलखा शाखाले जनाएको छ । अहिले मर्मतको काम भइरहेको र छिट्टै सेवा प्रवाह गर्ने प्रयास गरिरहेको नेपाल टेलिकम दोलखा शाखाका प्रमुख सूर्यमान कोजुले जानकारी दिनुभयो । हिजोदेखि टेलिकम अन्तर्गतको सबै सेवा बन्द भएपछि यी क्षेत्रमा सेवाग्राही मारमा परेका छन् ।