images
images

दोलखामा हिजोदेखि अवरुद्ध इन्टरनेट, एनटीसी र ल्याण्डलाइन सेवा सुचारु

  • १७ बैशाख २०८१, सोमबार १८:०४

जिरी (दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिकास्थित नाम्दुमा बनमा लागेको डढेलोले नेपाल टेलिकमको तार जलेपछि हिजोदेखि ठप्प भएको सेवा भर्खरैदेखि सुचारु भएको छ ।

हिजो हावाहुरीसँगै नाम्दुको जंगलमा लागेको डढेलोका एन्टी फाइबरको मुख्य तारनै जलेपछि जिल्ला सदरमुकामदेखि यताको क्षेत्र तामाकोशी, बैतेश्वर, जिरीको पुरै भाग र गौरीशंकरको केही क्षेत्रमा सेवा अवरुद्ध भएको थियो । तर, केहीबेर अघिदेखि इन्टरनेट, ल्याण्डलाइन फोन र एन्टीसी सेवा सुचारु भएको हो ।

बैतेश्वर–६ नाम्दुमा हिजो डढेलोमा ठाउँ–ठाउँमा तार जलेपछि सेवा अवरुद्ध हुन पुगेको र दिनभरीको मर्मतपछि भर्खरै देखि सुचारु भएको नेपाल टेलिकम दोलखा शाखाका प्रमुख सूर्यमान कोजुले जानकारी दिनुभयो । हिजोदेखि टेलिकम अन्तर्गतको सबै सेवा बन्द भएपछि यी क्षेत्रमा सेवाग्राही मारमा परेका थिए ।