
सोलुखुम्बु । सोलुखुम्बुस्थित आमादब्लम हिमाल आरोण गरेका एक विदेशी आरोहीको फर्किने क्रममा मृत्यु भएको छ ।
अष्ट्रेलियन आरोहीको हिमाल आरोहण गरि फर्किने क्रममा मृत्यु भएको हो । स्नो होईराजन ट्रेक्स एण्ड एक्सपिडीसन प्रालिबाट आरोहणमा गएका अष्ट्रेलियन आरोही ६४ वर्षीय मार्टिन हर्नेगरको आरोहण सम्पन्न गरि फर्किने क्रममा मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।
वैशाख १३ मा सफल आरोहण गरेका उनी फर्कने क्रममा सम्पर्कविहीन भएका थिए । उनलाई सोही दिन अमादब्लम हिमालको फेदमा मृत अवस्थामा फेला पारिएको विभागका अनुसार उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाईएको छ । उनले अमादब्लम हिमाल आरोहण गर्न गत चैत २५ गते विभागबाट अनुमति लिएका थिए ।