भक्तपुर । रुपन्देहीमा माइक्रो बस र ईभी माइक्रो ठोक्किंदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । मृतक र घाईतेको पहिचान खुल्न बाँकी छ ।
बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो बुटवल–बर्दघाट सडक खण्डको गणेशनगरस्थित प्रतीक्षालय नजिक ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।










