images
images

ओखलढुंगामा बोरामा बाँधिएको अवस्थामा ट्याकीभित्र एक शिशुको शव फेला

  • १५ जेष्ठ २०७९, आईतवार ०८:१५

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा बोरामा बाँधिएको अवस्थामा एक शिशुको शव फेला परेको छ ।

सिद्धिचरण नगरपालिका वडा नम्बर २ ठुलाछापको पुरानो खानेपानीको ट्याङकीभित्र बोरामा बाँधिएको अवस्थामा शिशुको शव फेला परेको हो । खानेपानीको पुरानो ट्याङकीभित्र बोरामा बाँधिएको अवस्थामा शालनाल सहितको नवजात शिशुको शव फेला परेको ओखलढुंगा प्रहरी प्रमुख शुकदेव खनालले जानकारी दिनुभयो । स्थानीयले खानेपानीको पुरानो ट्याङकीभित्र बोरामा शिशुको शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शिशुको हत्या गरिएको वा मृत शिशु जन्मिएपछि फालेको भन्ने बिषयमा अनुसन्धान गरिहेको जनाएको छ ।