images
images

कक्षा १२ को परिक्षाका लागि सम्पुर्ण तयारी पुरा, दोलखाबाट १७ सय ३१ जना परिक्षार्थी सहभागी हुँदै

दोलखा । दोलखामा कक्षा १२ को परिक्षाका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएको छ ।

भोलीदेखि सुरु हुन लागेको परिक्षाको सम्पुर्ण तयारी पुरा भएको जिल्ला शिक्षा समन्वय इकाई दोलखाका प्रमुख संकरबाबु श्रेष्ठले जानकारी दिनुभयो । परिक्षा सञ्चालन हुने जिल्लाका परीक्षा केन्द्रमा उत्तरपुस्तिका पु¥याउने, सम्बन्धी विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिएर आवश्यक तालिम प्रदान गर्ने सहित परिक्षाको सम्पुर्ण तयारी पुरा भएको जिल्ला शिक्षा समन्वय इकाई दोलखाले जनाएको छ । यो वर्ष कक्षा १२ को परिक्षामा दोलखाबाट १७ सय ३१ जना परिक्षार्थी सहभागी हुनेछन् । कोरोना भाईरस संक्रमणका कारण दुई वर्ष विद्यालयमै परीक्षा भएको थियो । यद्धपी यो वर्ष भने कक्षा १२ को परिक्षाका लागि ८ वटा विद्यालयमा केन्द्र तोकिएकोे ईकाई प्रमुख श्रेष्ठले बताउनुभयो ।

जिल्लाको जिरी मावि जिरीमा ३ विद्यालय, हनुमन्तेश्वर मावि काभ्रेको ५, बैतेश्वर मावि नाम्दुमा २, कुटीडाँडा मावि मकैवारीमा ३, गौरीशंकर क्याम्पसमा ६ विद्यालयको परीक्षा केन्द्र तोकिएको छ । यस्तै कालिञ्चोक मावि चरिकोटमा ११, कालिनाग मावि सिंगटीमा १०, भिम मावि दोलखामा ५ वटा विद्यालयको परीक्षा केन्द्र तोकिएको हो ।