सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ । किसानसँग सरकार कार्यक्रम अन्तर्गत सो घोषणा बजेटमार्फत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिनुभयो । सरकारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड बजेट छुट्याएको छ । आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको पुनसंरचना गरिने उल्लेख छ ।
यस्तै, सरकारले किसानसँग सरकार कार्यक्रम लागु गर्ने भएको छ । सरकारले कृषि तथा पशु विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको छ ।