images
images

प्रत्येक स्थानीय तहमा सहुलियत पसल सञ्चालन गरिने

  • १५ जेष्ठ २०७९, आईतवार १७:१५

काठमाडौं । सरकारले न्यून आय भएका गरिब परिवारका लागि सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक स्थानीय तहमा सुपथ पसल सञ्चालन गरिने बताउनुभएको हो । यस्तै, न्यून आय भएका श्रमिक र गरिब परिवार पहिचान गरी खाद्य सुरक्षा परिचयपत्रको व्यवस्था गरिने भएको छ । कम आय भएका परिवारहरूलाई परिचयपत्रको आधारमा सहुलियतदरमा सामग्री उपलब्ध गराउने समेत अर्थमन्त्री शर्माले जानकारी दिनुभयो ।