दोलखा। सरकारले दोलखामा निर्माण गर्ने भनेको फिल्म सिटी निजी सार्वजनिक साझेदारीमा निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार आगामी आर्थिक वर्षमा फिल्म सिटी निर्माणको काम अगाडि बढ्ने भएको हो । सरकारको बजेट भाषणमा दोलखामा निर्माणाधिन बहुचर्चित ‘फिल्म सिटी’ पीपीपी मोडलमा निर्माण गर्ने उल्लेख गरिएको हो ।