images
images

सुनकोशी-मरिन डाइभर्सनलाई २ अर्ब ७० करोड बजेट

  • १५ जेष्ठ २०७९, आईतवार १८:३०

काठमाडौं । सरकारले सुनकोशी–मरिन डाइभर्सन परियोजनाका लागि २ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जर्नादन शर्माले हेड वर्क्स र पावरहाउस निर्माणका लागि बजेट छु्टाइएको जानकारी दिनुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २० फागुन २०७७ शिलान्यास गरेको राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम सुरू हुन अझै तीन महिनाभन्दा बढी समय लाग्ने अनुमान छ ।