images
images

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, साउन एक गतेदेखि लागु हुने

  • १५ जेष्ठ २०७९, आईतवार १८:३६

काठमाडौं । सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।

सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गर्नुभएको हो ।