images
images

सरकारले आज आगामी आर्थिक वर्षको बजेट पेश गर्दै

  • १५ जेष्ठ २०८०, सोमबार ०६:१७

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेस गर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको तर्फबाट आज अपरान्ह ४ बजे संसदमा आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्नुहुने भएको हो । उहाँले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ । यस वर्ष आर्थिक मन्दीका कारण बजेटमा नयाँ कार्यक्रम नराखिएको अर्थमन्त्री महतले बताउनुभयो । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि अधिकतम १६ खर्ब ८८ अर्बको सिलिङ दिएको छ ।