images
images

गौरीशंकर गाउँपालिकाको ९ स्थानमा एकैपटक तोडफोड, प्रहरीद्धारा अनुसन्धान सुरु

  • १५ जेष्ठ २०८०, सोमबार १६:२८

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकास्थित जुँगुको  वडा कार्यालय सहित ९ स्थानमा एकैपटक तोडफोडको घटना भएको छ ।

अज्ञात समुहले गौरीशंकर गाउँपालिका १ जुँगुको  विभिन्न ७ स्थानमा तोडफोड गरेको छ भने वडा नम्बर २ को दुई स्थानमा तोडफोड भएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार वडा नम्बर १ जूँगुमा वडा कार्यालयको भवन, नजिकै रहेको आधारभुत स्वास्थ्य ईकाईको भवन, हिमचुली सहकारी संस्था, यार्सा प्रावि तथा स्थानीय तीन जनाको घरमा गएराति एकैपटक तोडफोड भएको हो । स्थानीय भरत खड्का, दिलिप थापा र नरबहादुर थापाको घरमा रातिको समयमा तोडफोड भएको छ । गौरीशंकर गाउँपालिका १ जूँगुका वडाध्यक्ष प्रकाश बहादुर खड्काका अनुसार वडा कार्यालय तोडफोड हुँदा कार्यालयमा राखिएको नगद ३ लाख २० हजार चोरी भएको छ । अज्ञात समुहले वडा कार्यालयको मुल गेटको ताला तोडेर वडाध्यक्ष र सचिवको कार्यकक्षको पनि ताला तोडेर रकम चोरी गरेको पाइएको छ ।

अज्ञात समुहले गौरीशंकर गाउँपालिका १ जुँगुको विभिन्न ७ स्थानमा तोडफोड गरेको छ भने वडा नम्बर २ को दुई स्थानमा तोडफोड भएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार वडा नम्बर १ जुँगुमा वडा कार्यालयको भवन, नजिकै रहेको आधारभुत स्वास्थ्य ईकाईको भवन, हिमचुली सहकारी संस्था, यार्सा प्रावि तथा स्थानीय तीन जनाको घरमा गएराति एकैपटक तोडफोड भएको हो । स्थानीय भरत खड्का, दिलिप थापा र नरबहादुर थापाको घरमा रातिको समयमा तोडफोड भएको छ ।

वडा पालिकामा राजस्व वापत उठेको रकम त्यहीँ राखिएको र सो रकम गएराति चोरी भएको वडाध्यक्ष खड्काले बताउनुभयो । वडासचिव सुवास केसीको कार्यकक्षमा रहेको रकम चोरी भएको वडापालिकाले जनाएको छ । यस्तै यार्सा प्राथमिक विद्यालयको पनि ढोका तोडफोड गरी नगद ८ हजार चोरी भएको र भरपाई लगायतका कागजात विद्यालय बाहिर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । अज्ञात समुहले हिमचुली सहकारी संस्था र स्वास्थ्य इकाई तथा स्थानीयको तीन वटा घरको ताला फुटाएपनि रकम भने चोरी गर्न पाएको छैन । सहकारीमा रकम नराखिएकाले अज्ञात समुहले चोरी गर्न नपाएको हो ।

यस्तै गौरीशंकर गाउँपालिका वडा नम्बर २ मा पनि स्वास्थ्य चौकी जुँगु र सेतीदेवि प्रावि भवन तोडफोड भएको छ । विद्यालय र स्वास्थ्य चौकीको ढोकाको ताल्चा फोडेर भित्र पसेर दराज फुटाएपनि त्यहाँबाट केही सामाग्री नहराएको वडा नम्बर २ का वडाध्यक्ष रोहित बुढाथोकीले जानकारी दिनुभयो । दोलखामा पछिल्लो समय पुनः चोरीका घटना बढ्न थालेका छन् । सदरमुकाम चरिकोटमा दिनदहाडै चोरी हुने गरेकोमा गौरीशंकरमा एकै पटक ९ स्थानमा तोडफोड भएको हो ।

वडा कार्यालय सहित एकैपटक धेरै स्थानमा तोडफोड भएको खवरपछि दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक डिएसपी दिपक खड्का सहितको टोली घटनास्थलमा पुगेको थियो । घटना शंकास्पद देखिएको र अनुसन्धानको काम भइरहेको डिएसपी खड्काले जानकारी दिनुभयो ।