images
images

कात्तिकभित्र ठेक्का नलगाए बजेट रोक्का गरिने

  • १५ जेष्ठ २०८०, सोमबार १७:०६

काठमाडौं । सरकारले कात्तिक भित्र ठेक्का नलगाए बजेट रोक्का गर्ने नीति लिएको छ ।

सरकारले कार्यक्रम कार्यान्वयन गर्ने साउन मसान्त भित्र कार्ययोजना लागु गर्ने र कात्तिक भित्र ठेक्का नलगाए बजेट रोक्का गर्ने नीति लिने जनाएको हो । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आवबाट मन्त्रालयगत बजेट सीमा दिइसकेपछि विनियोजन विधेयकका सिद्धान्त फागुन मसान्त भित्रै प्रस्तुत गर्ने नीति लिइने बताउनुभयो । वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा यकिन गर्ने काम एकै पटक सम्पन्न गर्ने र प्रतिवेदन ३० दिन भित्र निर्णय लिनु पर्ने गरी नीति लिइएको सरकारले जनाएको छ ।

कटान गर्ने रुखको १० प्रतिशतसम्म फरक परे पुरक मूल्यांकन गर्नु नपर्ने भएको छ । वन विकास कोषमा रकम जम्मा गर्ने कानूनी व्यवस्था खारेज भएको छ ।