images
images

दोलखाको भीमेश्वर मन्दिर सरकारको प्राथमिकतामा, संरक्षण तथा पूर्वाधार विकास गर्ने घोषणा

  • १५ जेष्ठ २०८०, सोमबार १९:३२

जिरी (दोलखा) । सरकारले दोलखाको भीमेश्वर मन्दिरको संरक्षणमा चासो देखाएको छ ।

आज संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भीमेश्वर मन्दिर सहित आधा दर्जन बढी मन्दिरहरुको संरक्षण, पूर्वाधार विकास र सौदर्यकरण गर्ने बताउनुभएको हो । जसअनुसार भीमेश्वर मन्दिरसँगै बागमती प्रदेशको दुप्चेश्वर र कोशी प्रदेशको पाथिभारा, मधेश प्रदेशको गढीमाई, गण्डकीको मुक्तिनाथ लगायत रहेका छन् ।

साथै, बजेट भाषण मार्फत दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर लगायतका जिल्लामा गुम्बाहरुको निर्माण कार्यलाई निरन्तरता दिने सरकारले जनाएको छ ।