images
images

अदालतको परमादेशपछि गण्डकीको मुख्यमन्त्रीमा पुनः पाण्डे

  • १६ जेष्ठ २०८१, बुधबार १४:४२

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका हुन् । पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको हो । सर्वाेच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । न्यायधिश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको ईजलासले तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सोमबार आदेश दिएको थियो ।

पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको हो । नेता पाण्डेले ५७ दिनमा पुनः मुख्यमन्त्रीमा पुनरागमन गरेका हुन् । गण्डकीमा कांग्रेस २७ सिटसहित सबैभन्दा ठुलो दल भएपनि सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्दछ ।

दोस्रो आम निर्वाचनपछि गण्डकी प्रदेशमा आज चौथो सरकार बनेको हो भने नेता पाण्डे दोस्रो पटक मुख्यमन्त्री बनेका हुन् । केन्द्रीय सत्ता समीकरण बदलीएसँगै अल्पमतमा परेका पाण्डेले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नदेखिएपछि चैत्र २१ गते राजिनामा दिएका थिए । नेता पाण्डेले ५७ दिनमा पुनः मुख्यमन्त्रीमा पुनरागमन गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ ।

गण्डकीमा कांग्रेस २७ सिटसहित सबैभन्दा ठुलो दल भएपनि सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्दछ । गण्डकी प्रदेश सभामा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८ र एक स्वतन्त्र सांसद रहेका छन् ।