images
images

नयाँ बजेटले जीवनस्तरमा सुधार ल्याउने प्रधानमन्त्रीको भनाई

  • १६ जेष्ठ २०८१, बुधबार १५:४६

सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटले जीवनस्तरमा सुधार ल्याउने दावि गर्नुभएको छ ।

आज सिन्धुपाल्चोक आउनुभएका प्रधानमन्त्री प्रचण्डले चौतारा अस्पतालको अत्याधुनिक भवन उद्धघाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । संघीय सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म पु¥याउने किसिमले महत्वका कार्यक्रम अघि सारेको उहाँको भनाई छ । प्रधानमन्त्री प्रचण्डले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताउनुभयो । उत्पादन, उत्पादकत्व र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट आएको उहाँको भनाई छ ।

२०७२ सालको महाभूकम्पले धरासायी बनाएको चौतारा अस्पतालको पुनःनिर्माण प्रक्रिया अघि बढाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ भवन निर्माण भएसँगै अस्पतालको खुलाचौरमा टेण्टभित्र स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता अन्त्य भइ सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको चौतारा अस्पतालको नवनिर्मित भवनको आज प्रधानमन्त्री प्रचण्डले उद्धघाटन गर्नुभएको हो ।