काभ्रेपलाञ्चोक । अरनीको लोकमार्ग अन्र्तगत काभ्रेपलाञ्चोकको साँगामा रोकिराखेको ट्यांकरमा ६ वटा सवारी साधन ठोक्किँदा दुई जना घाईते भएका छन् ।
दुर्घटनामा परि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका २ बस्ने ४८ वर्षका प्रकाश सापकोटा र बनेपा नगरपालिका ५ की १८ वर्षीया देविना कर्मचार्य घाईते भएका हुन् । मोटरसाईकल, स्कुटर, कार, योद्धा गाडी तथा मालबाहक ट्रक एक आपसमा ठोक्किँदा मोटरसाईकलमा सवार सापकोटा र स्कुटरमा सवार कर्मचार्य घाईते भएका हुन् । घाईते दुवै जनाको शिरमेमोरियल अस्पताल बनेपामा उपचार भईरहेको काभ्रे प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ साँगामा रोकीराखेको ट्यांकरसँग साँगाबाट बनेपातर्फ आईरहेको बा ६३ प ७ नम्वरको मोटरसाईकल, बागमति प्रदेश ०२०४४ प ०५७३ नम्वरको स्कुटर सोही दिशाबाट आईरहेको बा ७ च ४५३७ नम्वरको कार सोही ट्यांकरबाट गई ठोकिएको थियो । यस्तै, बागमति प्रदेश ०१०२६ च ९२३९ नम्वरको योद्धा गाडी कारमा गई ठोकिएको थियो भने बिए सिओ – १२३ नम्बरको कार योद्धा गाडीमा र ना ७ ख ५४१ नम्बरको मालबाहक ट्रक कारमा ठोक्किएर दुर्घटना भएको काभ्रेपलाञ्चोकका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनाबाट ट्यांकर र मालबाहक ट्रकबाहेक सबै सवारी साधनमा क्षति पुगेको छ ।












