गुल्मी । गुल्मीमा पहिरोले पुरिएर एकै परिवारको चारको मृत भएको छ भने एक बेपत्ता भएकी छिन् ।
मालिका गाउँपालिका–६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जनाकारी दिनुभयो । पहिरोमा पुरिएर ५६ वर्षीय भेषबहादुर बिक, ३० वर्षीय बुहारी सीता बिक, दुई नातिनी सपना बिक र बिना बिकको शव फेला प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर भेषबहादुरकी श्रीमती बेपत्ता छिन् ।
बेपत्ता भएकी उनको खोजीकार्य भईरहेको छ । घटनास्थलमा उद्धारको लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली पुगेका छन् ।










