images
images

मानिसको मृत्युको कारण बन्ने विषालु च्याउ कसरी चिन्ने ?

  • १५ असार २०८१, शनिबार १५:२३

च्याउ स्वास्थ्यका लागि फाईदाजनक मानिन्छ । माछा मासु नखाने मानिसहरुका लागि च्याउ एक महत्वपूर्ण विकल्पको रुपमा उपयोग भईरहेको छ ।

गाउँघरमा जंगलबाट टिपेर ल्याएर च्याउ खाने गरिन्छ । यसरी जंगलमा पाईने च्याउमध्य खान हुने र नहुने छुटाउन नसक्दा विषालु च्याउका कारण मानिसहरुको स्वास्थ्यमा असर पर्ने तथा मृत्यु समेत हुने गरेको छ । वर्षा सुरु भएसँगै यो वर्ष पनि विषालु च्याउ धेरै मानिसको मृत्युको कारण बनिसकेको छ । विषालु च्याउ र खान हुने च्याउ भनेर छुट्याउनका लागि हालसम्म भरपर्दाे प्रविधिको विकास भईनसकेको च्याउ विज्ञ डा. जयकान्त राईतको भनाई छ । नेपालमा करिव १३ सय प्रजातिका च्याउ पाईने गरेकोमा १ सय ५९ प्रकारका च्याउने खाने गरेको पाईन्छ । त्यसमध्य पनि सय प्रकारका च्याउ सामान्य विषालु प्रकृतिको र बाँकी ५९ प्रकारका च्याउ सामान्य खालका रहेका हुन्छन् । कुन च्याउ विषालु हो भनेर थाहा पाउनका लागि प्रशस्त अनुभव र विज्ञताको अभाव रहेको छ ।

वर्षा सुरु भएसँगै यो वर्ष पनि विषालु च्याउ धेरै मानिसको मृत्युको कारण बनिसकेको छ । जंगलमा पाईने च्याउमध्य खान हुने र नहुने छुटाउन नसक्दा विषालु च्याउका कारण मानिसहरुको स्वास्थ्यमा असर पर्ने तथा मृत्यु समेत हुने गरेको छ ।विषालु च्याउ खाएमा झाडापखाला, वान्ता, मुटुको धडकन तथा ब्लड प्रेसर कम हुने, पसिना आउने, असह्य तरिकाले पेट दुख्ने, रिंगटा लाग्ने लगाएतका लक्षण देखिने गर्दछ ।

हाम्रो गाउँघरमा विषालु च्याउ छुटाउन च्याउ पकाउँदा चाँदीको चम्चा चोप्ने अथवा लसुनको पोटी हाल्ने र कालो भएमा विषालु मान्ने नत्र खान योग्य ठान्ने गरिन्छ । यस्तै, चुक राखेर पकाउने, नुन पानीले पखाल्ने जस्ता स्थानीय तरिका अपनाएर च्याउ विषालु भए नभएको छुटाउने गरिन्छ । तर, यसरी पकाएर खाँदा सामान्य विष नष्ट हुने भएपनि कडा खालको विष भएमा जति पकाए पनि नष्ट हुँदैछ । जसको परिणाम स्वरुप वर्षेनी धेरै मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् । विभिन्न प्रकारका च्याउमा फरक–फरक विषहरु पाईन्छ । कुनै मिर्गाैला, कलेजो लगाएतका अंगमा असर गर्ने हुन्छ भने कुनैले स्नायु प्रणालीमा असर गर्दछ । त्यसैले च्याउले असर गर्ने अंगहरुका आधारमा लक्षणहरु पनि फरक–फरक हुन्छन् । विषालु च्याउ खाएमा झाडापखाला, वान्ता, मुटुको धडकन तथा ब्लड प्रेसर कम हुने, पसिना आउने, असह्य तरिकाले पेट दुख्ने, रिंगटा लाग्ने लगाएतका लक्षण देखिने गर्दछ ।

च्याउको उपभोग गर्दा सकभर आफुले चिनेको र अभ्यस्ता भएको च्याउ मात्र खानुपर्दछ । सकेसम्म दुई प्रजातिका फरक–फरक च्याउसँगै मिसाएर पकाउनु हुँदैन र जुनसुकै च्याउन पनि पकाउनुभन्दा पहिले कम्तिमा १० देखि १५ मिनेट बफाएर पकाउनुपर्दछ ।

त्यसैले च्याउको विष लाग्दै गरेको अवस्था छ भने शरीरलाई यसबाट जतिसक्दो चाँडो बाहिर निकाल्ने प्रयास गर्नुपर्दछ । त्यसका लागि विरामी होसमै भएमा नुन पानी खान दिएर बान्ता गराउने वा पखाला लगाउने कुनै विधि अपनाउने, परम्परागत रुपमा प्रयोग गरिँदै आएको लसुन, दही तथा टिमुरको प्रयोग गर्न सकिन्छ । तर, सकेसम्म चाँडो अस्पताल लैजाने व्यवस्था मिलाउनुपर्दछ । च्याउको उपभोग गर्दा सकभर आफुले चिनेको र अभ्यस्ता भएको च्याउ मात्र खानुपर्दछ । च्याउ संकलन वा भण्डारण गर्दा प्लास्टिकको झोला, फलाम एवम टिनको बाकस प्रयोग गर्ने तथा च्याउलाई गुम्साउनु हुँदैन ।

सकेसम्म दुई प्रजातिका फरक–फरक च्याउसँगै मिसाएर पकाउनु हुँदैन र जुनसुकै च्याउन पनि पकाउनुभन्दा पहिले कम्तिमा १० देखि १५ मिनेट बफाएर पकाउनुपर्दछ । उमाल्दैमा, फ्रिजमा राख्दैमा तथा अन्य तरिका अपनाउँदैमा च्याउको विष नाश नहुने भएकाले यो भ्रमबाट मुक्त हुन च्याउ विशेषज्ञहरुले सुझाव दिएका छन् ।