दोलखा । दोलखाको तामाकोशी नदीमा हाम फालेर एक महिला वेपत्ता भएकी छिन् ।
आज दिउँसो एक अपरिचित महिलाले तामाकोशी पुल नजिकै नदी किनारमा पुगेर नदीमा हाम फालेकी हुन् । उनलाई नदीमा पसेलगत्तै नदीले बगाएर वेपत्ता बनाएको छ । ती महिला हाम फालेपछि उद्धारका लागि स्थानीय नदी किनारमा पुगेपनि हामफाल्नबाट जोगाउन नसकेका हुन् । तामाकोशी बजारका व्यापारी रमेश श्रेष्ठका अनुसार घटना दिउँसो करिव ३ बजेतिरको हो ।
नदीमा हामफाल्ने महिलाको परिचय खुल्न सकेको छैन । महिला नदीमा हाम फालेको खवर प्राप्त हुनसाथ खोज तथा उद्धारका लागि किरातीछाप, किर्नेटार र जिल्लाबाट प्रहरी टोली खटिएको दोलखा प्रहरीले जनाएको छ ।





हाम्रो अपडेट 






