दोलखा । अघिल्लो महिना सम्म शुन्य संक्रमित रहेको दोलखामा दिन प्रतिदिन कोरोना संक्रमण बढ्न थालेको छ ।
असार अन्तिमसम्म साम्य रहेको कोरोना साउन १ गतेदेखि ह्वातै बढ्दै गएको हो । साउन १ गतेदेखि हालसम्मको तथ्याकंलाई हेर्दा दोलखामा दैनिक भेटिने कोरोना संक्रमतिको संख्या बढ्दै गइरहेको छ । साउन १ गतेदेखि हालसम्मको अवधिमा जिरी नगरपालिका, भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकामा मात्रै संक्रमण देखिएकोमा तामाकोशी गाउँपालिकामा पनि संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा तामाकोशीका दुईसहित ३ जना संक्रमित फेला परेका छन् ।
साउन १ गते पहिलो पटक जिरी नगरपालिकाका नगरप्रमुख मित्र बहादुरलाई कोरोना संक्रमण भएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्ष्य देखिएपछि नगरप्रमुख जिरेलले जिरी अस्पतालमा एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । यद्धपी हाल उनी कोरोना मुक्त भइसकेका छन् । सुरुमा उनलाई संक्रमण देखिएपछि सम्पर्कमा रहेकाहरुको एन्टिजेन परीक्षण गर्दा साउन २ गते जिरी नगरपालिकाकै दुई जना र बैतेश्वर गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि क्रमशः कोरोना संक्रमित थपिँदै गएका हुन् । स्वास्थ्य कार्यालय दोलखाले सावर्जनिक गरेको तथ्याकं अनुसार साउन २ गते १५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकाका २/२ जनामा कोरोना पुष्टि भएको थियो भने साउन ३ गते जिरीकी एक महिलामा कोरोना देखिएकोे थियो । यस्तै, साउन ४ गते बैतेश्वरका २ जना महिला, ६ गते भीमेश्वरका १, बैतेश्वरका ३ गरी ४ जना, साउन ८ गते जिरी नगरपालिकाका १ पुरुषमा कोरोना संक्रमण भएको थियो ।
अघिल्लो महिना सम्म शुन्य संक्रमित रहेको दोलखामा दिन प्रतिदिन कोरोना संक्रमण बढ्न थालेको छ । साउन १ गतेदेखि हालसम्मको अवधिमा जिरी नगरपालिका, भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकामा मात्रै संक्रमण देखिएकोमा तामाकोशी गाउँपालिकामा पनि संक्रमण फैलिएको छ । जिल्लामा दिनदिनै संक्रमित थपिदैँ जाँदा संक्रिय कोरोना संक्रमितको संख्या पनि २२ पुगिसकेको छ ।
यसैगरी, साउन ९ गते मात्रै विभिन्न स्थानीय तहमा २३ जनाको एन्टिजेन परीक्षण गर्दा बैतेश्वरका मात्रै ९ मा कोरोना संक्रमण देखिएको छ । अघिल्ला दिनहरुको भन्दा ९ गते एउटै पालिकामा ह्वातै संक्रमति बढेकोे देखिन्छ । १० गते बैतेश्वर ५ जना महिला र एक पुरुष गरी ६ जना, ११ गते २ पुरुष र २ जना महिला गरी ४ जनामा कोरोना पुष्टि भएकोे स्वास्थ्य कार्यालय दोलखाको जनाएको छ ।
यो तथ्याकंलाई हेर्दा सबैभन्दा पहिला संक्रमण सुरु भएको जिरी नगरपालिकामा पछिल्लो समय कोरोना साम्य भएपनि बैतेश्वर गाउँपालिकामा भने बढेको देखिएको छ । बैतेश्वरमा पालिका भित्रका शंकास्पद संक्रमितको एन्टिजेन परीक्षणमा खटिएका चिकित्सकलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । शंकास्पद संक्रमितको कोरोना परीक्षणमा खटिएका बैतेश्वर अस्पतालका चिकित्सक संक्रमित बन्न पुगेका हुन् । बैतेश्वरमा मात्रै हालसम्म २६ जनामा कोरोना देखिसकेको छ । जसमध्ये ७ जना कोरोना मुक्त भएका छन् भने १९ जना उपचाररत रहेका छन् । बैतेश्वर गाउँपालिकामा सुरुमा काठमाडौंबाट आएका एक पुरुषमा संक्रमण देखिएसँगै कोरोना बढेको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक रुपेश चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार हाल पालिकामा कोरोना तिव्र गतिमा फैलिएपछि एन्टिजेन परीक्षण बढाइएको छ ।
समग्रमा हेर्ने हो भने जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । जिल्लामा दिनदिनै संक्रमित थपिदैँ जाँदा संक्रिय कोरोना संक्रमितको संख्या पनि २२ पुगिसकेको छ । संक्रमणदर फैलिँदै गएपनि जिल्लामा पिसिआर परीक्षण सुरु भएको छैन ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण देखिएपछि दोलखामा पनि पछिल्लो समय संक्रमणदर बढ्दै गएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तमराज खनालले बताउनुभयो । संक्रमित बढ्न थालेपछि स्थानिय तहमा एन्टिजेन परीक्षणलाई तिव्र बनाइएको उहाँले बताउनुभयो । कोरोना बढ्दै गएको भन्दै प्रमुख खनालले जनस्वास्थ्यका मापदण्ड अपनाउन र भीडभाडमा नजान सुझाव दिनुभयो ।










