images
images

हनी ट्रयापमा पारेर बार्गेनिङ गरेको अभियोगमा सोलुखुम्बु घर भएका श्रीमान श्रीमती पक्राउ

  • १३ श्रावण २०७९, शुक्रबार १६:४१

काठमाडौं । हनी ट्रयापमा परेर बोर्गेनिङ गरेको आरोपमा सोलुखुम्बु घर भएको श्रीमान श्रीमती पक्राउ परेका छन् ।

प्रहरीले विभिन्न व्यक्तिलाई हनी ट्रायपिङमा पारेर मोलमोलाई गरेको आरोपमा सोलुखुम्बुका २४ वर्षीय शेखर बाँस्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउतलाई पक्राउ गरेको हो । सामाजिक सञ्जालको माध्यमबाट चिनजान भएका पुरुषसँग अश्लिल कुराकानी गरेर फसाइदिने भन्दै मोलमोलाई गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।