images
images

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकका युवकको मृत्यु

  • १३ भाद्र २०७९, सोमबार ११:५८

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा परी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १३ का ३० वर्षिय प्रमात्मा तिवारीको मृत्यु भएको हो । पनौतिबाट खोपासितर्फ जाँदै गरेको बा ६० प ५२४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पनौती नगरपालिका वडा नम्बर ७ मा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भिर घाईते भएका तिवारीको उपचारका क्रममा बनेपास्थित शीर मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।